Logo

राजसंस्था पुनर्स्थापनाको पक्षमा लिङ्देनले छुट्टै आन्दोलन गरे धवल शमशेर नवराज सुवेदीको पक्षमा उभिने



काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले राजसंस्था पुनर्स्थापनाको पक्षमा पार्टीले छ्ुट्टै आन्दोलन गरेको खण्डमा आफू नवराज सुवेदीको पक्षमा उभिने बताएका छन् । राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्षसमेत रहेका सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन समिति बनेको छ ।

राप्रपा महामन्त्री जबरालाई ‘माइतीघर मण्डलामा राजेन्द्र लिङ्देनले नेतृत्व गर्नुभयो आन्दोलनको । नवराज सुवेदीले भोटाहिटीमा गर्नुभयो भने तपाईँ कतातिर हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने आफू भोटाहिटीको आन्दोलनमा जोडिएर माइतिघरको आन्दोलनलाई सहयोग गर्ने बताए । ‘म भोटाहिटीमा हुनुपर्छ । तर, भोटाहिटीको आन्दोनले माइतीघरको आन्दोलनलाई सहकार्य गर्छ र सघाउँछ ।’



प्रतिक्रिया दिनुहोस्