Logo

नेशनल रिपब्लिक नेपालको निष्कर्षः वर्णभेदी नीति र बाहुनवादविरुद्ध लडाई लड्नु पर्छ



काठमाडौं, ९ चैत । नेशनल रिपब्लिक नेपाल (एनआरएन) ले सबै नेपाली लोकसमुदायहरुले एकजुट भई वर्तमान राजनीतिक वृत्तमा देखा परेको वर्णभेदी नीति र बाहुनवाद विरुद्धको लडाई लड्नु पर्ने आवश्यकता औंल्याएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एनआरएनले नेपालको वास्तविक राजनीतिक समस्या भनेको नै २० प्रतिशत इन्डो आर्य र ८० प्रतिशत अहिन्दु मूलवासी मंगोल बीच रहेको बताएकोह ो ।

यसै समस्याका कारण सद्भावना, मेलमिलाप, समानता, भातृत्व, स्वतन्त्रता र न्याय फस्टाउन नसकेको बताइएको छ । देशले लामो समयदेखि राजनीतिक अस्थिरता, सामाजिक अन्याय र आर्थिक असमानताको सामना गरिरहेको र नेपालमा इन्डो आर्य शासकहरुले मूलवासीहरुको हित, भलाई, मानव अधिकार र देश विकासको लागि सोच्नै सक्दैनन् भन्ने प्रमाण सन् १५५९ द्रव्य शाह देखि आज सन् २०२५ सम्मको अनेकौं राजनीतिक व्यवहारले प्रमाणित गरिसकेको एनआरएनको रहेको छ ।

एनआरएनले व्यापक राजनीतिक चेतना अभिवृद्धि, भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी शासन प्रणालीको वकालत गर्दै सुशासन, आर्थिक आत्मनिर्भरता, शिक्षा र स्वास्थ्य सुधार, रोजगारी सिर्जना तथा दिगो विकासको क्षेत्रमा गम्भीर पहल गरि अघि बढ्ने संकल्पका साथ अगाडि बढ्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्