
काठमाडौं । पशुपतिनाथ मन्दिरमा हरेक दिन शिरमाला चढाइन्छ। पशुपतिनाथ भगवानलाई दैनिक चढाइने शिरमाला रजनी गन्धा फूलबाट बनाइन्छ। समुन्द्र सतहमा पाइने रजनी गन्धा फूलको शिरमाला लिएर स्वामी गोकुलानन्द दिनप्रतिदिन ठिक साढे ९ बजे पशुपतिनाथ मन्दिर प्रवेश गरिसक्छन्। स्वामी गोकुलानन्दको हातबाट पूर्वमुखको पूजारी भट्टले शिरमाला लिएपछि निश्चित ठाउँमा शीरमाला र श्रीयन्त्र पूजाको फूल राख्ने चलन छ। पशुपतिनाथको नित्य नैमित्तिक पूजा र भक्तजनहरुको रुद्री पञ्चामृत स्नानपछि भगवान् पशुपतिनाथलाई समग्र स्नान गराएर मूल भट्टले श्रीयन्त्रका रूपमा विशेष रुपमा घोटिएको चन्दनद्वारा पशुपतिनाथका मस्तकमा श्रीयन्त्र तयार गर्ने प्रचलन छ। श्रीयन्त्रको सहस्रोपचार पूजाका क्रममा आवश्यक पर्ने निर्मल अखडाबाट उपलब्ध गराइएका फूलबाट शिरको पूजा गरिन्छ। त्यस्तै उक्त शिरमाला धारण गराइन्छ।
पशुपनिनाथलाई शृंगार गरेर भोग(आरती समापन पश्चात ३ बजेभित्र सम्पूर्ण प्रक्रिया पूरा भइसकेको सबै भट्टहरू बाहिर निस्कन्छन्। मन्दिरको कोर एरिया तालाबन्दी गरेर भण्डारीहरूले ५ बजेसम्म तालाचाबी राख्छन्। ५ बजे भक्तजनहरूका लागि पश्चिम ढोका खोलिन्छ। ४ जना भट्टमध्ये मूल भट्टलाई छाडेर ३ जना भट्टको १र१ हप्ताको सध्या आरती गर्ने पालो रहन्छ। सध्या आरती पश्चात पुनः मन्दिर बन्द हुन्छ। अर्को दिन बिहानै ४ बजे मन्दिर चारै ढोका आम दर्शनार्थीका लागि खुला हुन्छ। त्यसमा पश्चिम ढोका पूरै खुल्छ। अन्य ३ ढोका जालीबाट दर्शन गर्न मिल्ने गरी खोलिन्छ। बिहान साढे ८ बजे चारै जना भट्टहरू मन्दिरमा प्रवेश गर्छन्। त्यसपछि नित्य नैमित्तिक पूजा सुरू हुन्छ। भट्टहरूले अघिल्लो दिन गरेका शृंगारहरू उर्तान्छन्।
अन्तिममा निर्मल अखडाबाट चढाइएको मूल शिरमाला मूल भट्टद्वारा निकालेर जलाविषेक गरिन्छ। शिरमाला अनावरण गरेर श्रीयन्त्रमाथि जलाविषेक गरिएको जलको ठूलो धार्मिक महत्त्व छ। सबैले जलको अभिषेक प्राप्त गर्न चाहन्छन्। यसै सन्दर्भमा श्रीयन्त्र वा भगवान् पशुपतिनाथको मूल शिरमाला विगत ५०८ वर्षदेखि निर्मल अखडाबाटै चढाइने चलन छ। वर्तमान गुकुलानन्द निर्मल अखडाको ३० औं पुस्ताको महन्थ हुन् । गुठी संस्थानबाट निर्मल अखडाको महन्थ नियुक्त भएर विगत १६ वर्षदेखि उनले नियमित शिरमालाको सेवा, पशुपतिनाथको बगैचा र निर्मल अखडाको व्यवस्थापन र नित्य नैमित्तिक कार्य गर्दै आएका छन्।
शिरमालाको सुरूवात
५०८ वर्ष पहिला विश्व मानवताका निर्विवाद पुजारी गुरू नानक देव भगवान् पशुपतिनाथको दर्शनका लागि नेपाल नेपाल आएका थिए। तत्कालीन शासकले गुरू नानक देवलाई हाल विष्णुमतिको किनारमा रहेको गुरू नानक मठ (जहाँ ब्रम्हहरि उदासिन साधना गरेर बस्ने ठाउँ थियो) मा वास बस्ने व्यवस्था गरेका थिए। बालाजुबाट हिँडेर जंगलै जंगलले हुँदै पशुपतिनाथको दर्शन गर्न आएका थिए। गुरू नानक देव पशुपतिनाथको दर्शन गर्न आउँदा हाल निर्मल अखडा रहेको ठाउँमा साथीहरूसहित विश्राम गरे। विश्रामका क्रममा गुरू नानक देवको शिरमा पुष्पा वर्षा भएको उनका साथमा आएका १०र१५ जनाको संगतले देखे। सोही दृश्यको कुरो गुरू नानक देवलाई विन्ती गर्दा ुए तेसो हो ररुु भनेर संगतलाई भने। त्यसो हो भने यहाँबाट दैनिक पशुपतिनाथको शिरपूजाको फूल मूल शिरमाला यहाँबाट जानुपर्ने गुरू नानक देवले इच्छा व्यक्त व्यक्त गरे। एक दिन हाल निर्मल अखडा रहेको स्थानमा बास बसेर भोलिपल्ट बिहान अहिले शिरमाला लाने समयमा शिरमाला र शिरपूजा(श्रीयन्त्र)को फूल गुरू नानकले पहिलोपटक लिएर गए।
त्यसपछि गुरू नानक देवले उदासिन सम्प्रदायको साधुलाई निर्मल अखडामा स्थापित गरेर पशुपतिनाथमा शिरमाला चढाउने प्रचलनको सुरूवात गरियो। रत्नहरि उदासिनबाट पशुपतिनाथ भगवानलाई शिरमाला चढाउने परम्परा सुरू भएको थियो। उक्त परम्परालाई ३० औं पुस्ताका गोकुलानन्दले निरन्तरता दिइरहेका छन्। पशुपतिनाथ भगवानलाई शिरमाला चढाउने परम्पराको थालनीकर्ता गुरू नानक देव ११ महिना ११ दिन नेपाल बसेका थिए। यहाँ रहँदा मानसरोवार, गोसाईकुण्डलगायतका हिमाली तिर्थहरू र नेपालमा विभिन्न शक्तिपीठहरूको दर्शन गरेका थिए। शताब्दीऔंदेखि चलिरहेको पशुपनिनाथ भगवानलाई चढाइने शिरमालाको परम्परालाई धानेर स्वामी गोकुलानन्दले गुरू नानक देवको ईतिहासलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
