ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायकको मान्छे होइन, यिनको टेम्पारामेन्टले पनि बन्नेवाला छैनन् : देउवा

12.8k
Shares

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायकको मान्छे नै नभएको र हुनपनि नसक्ने ठोकुवा गरेका छन् । कांग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह बोकेर हिँडेको राप्रपा पनि पछि पछुताउने देउवाको दाबी छ । उनले भने,‘बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् ।

अब राप्रपाले पनि दुःख पाउँछ ।’ उनले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्नेवाला नै नभएको टिप्पणी दोहोर्याए । उनले भने,‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन् ।