काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टीको अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुझाव दिएका छन् । कांग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी अध्यक्ष बनाउँदा पनि राप्रपा पछुताउने बताए । उनले ज्ञानेन्द्र संवैधानिक राजा हुनलायकको मान्छे नै नभएको र हुनपनि नसक्ने ठोकुवा गरे ।
‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्,’– सभापति देउवाले भने ।
अब राप्रपाले पनि दुःख पाउनले उनले बताए । उनले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्नेवाला नै नभएको टिप्पणी दोहोर्याए । उनले भने,‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन् ।’
प्रतिक्रिया