काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसले अहिले व्यवस्थामाथि प्रहार गर्न खोजिएको भन्दै यसको रक्षाको लागि जस्तोसुकै कदम चाल्ने निश्कर्ष निकालेको छ । आजबाट सुरू भएको केन्द्रीय कार्यसम्पादन बैठकमा गणतन्त्रको विकल्प नभएको र यसको रक्षा गर्ने कुरामाहरु सिंगो नेतृत्व पँक्ति एकमत रहेको नेतृ सुजाता कोइरालाले जानकारी दिईन् ।
उनले भनिन्,‘बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि एकजुट भएर जाने निश्कर्ष निकालिएको छ । प्रतिगामीविरुद्ध लड्ने र संविधान बचाउने कुरा हो, यसबाट पार्टी दायाँबायाँ हुँदैन ।’
प्रतिक्रिया