काठमाडौं, १० चैत । लेक्स नेपाल इन्स्टिच्युट अफ ल ले कानुन व्यवसायी र कानुनका विद्यार्थीहरुलाई उपयोगी हुने एप सार्वजनिक गरेको छ । नेपालका अहिलेसम्मका सातवटै संविधान, ४ वटा संहिता एवं अन्य महत्वपूर्ण ऐनहरु, नजीरहरुको सारसंक्षेप, अधिवक्ता तहको परीक्षामा सोध्ने नजिरहरुको सारसंक्षेप, कानुनका क्षेत्रमा लेखिएका विभिन्न पुस्तकहरुलगायत कानुन क्षेत्रका लागि आवश्यक महत्वपूर्ण विषयहरु डिजिटल रुपमा सबैमाझ पुर्याउने उद्देश्य स्वरुप एप लञ्च गरेको हो ।
आज (आइतबार) नेपाल बार काउन्सिलका पार्षद् वरिष्ठ अधिवक्ता रवि नारायण खनालको उपस्थितिमा उक्त एप लञ्च गरिएको थियो । कानुनका क्षेत्रमा संलग्न विद्यार्थी, प्राध्यापक, कर्मचारी र कानून व्यवसायी एवं न्यायकर्मीहरुलाई निः शुल्क सेवा उपलव्ध गराउने उद्देश्यले एप लञ्च गरिएको बताइएको छ ।

प्रतिक्रिया