शरद रेग्मी
घोराही, ११ चैत। दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ।
दाङका प्रमुख जिल्ला अधिकारि कृष्णप्रसाद लम्सालका अनुसार आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको छ । उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको उनले जानकारि दिए ।
घटना भए लगत्तै सबै सुरक्षाका युनिटहरु तत्काल परिचालन गरेको भन्दै प्रजिअ लम्सालले ठुलो बिपत्तिको सामना गर्ने संयन्त्र नहुदा ठाउ ठाउमा क्षति भैरहेको बताए । राति नै घटनास्थल पुगेका प्रजिअ लम्सालले सबै शक्ति प्रयोग गर्दा समेत आगो नियन्त्रण गर्न हम्मे हम्मे भैरहेको उनको भनाई छ । आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी ।
प्रतिक्रिया