काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राजाबारे पार्टीको धारण के छ भनेर चुनाव गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौति दिएका छन् । कांग्रेस सभापति देउवाले राजसंस्था पुनर्स्थापना हुन असम्भव रहेको र बरु ज्ञानेन्द्रलाई पार्टीको सभापति (अध्यक्ष) बनाउन राप्रपालाई सुझाव दिएका थिए ।
देउवाको उक्त अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले भनेका छन्, ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू।हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग सपथ खाँदै बन्नुभएको हो ?’ प्रश्न गर्दैै उनले भनेका छन्, ‘जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ? हिम्मत छ ?’
यो पनि पढ्नुहोस्ः ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायकको मान्छे होइन, यिनको टेम्पारामेन्टले पनि बन्नेवाला छैनन् : देउवा
राप्रपालाई देउवाको सुझावः पूर्वराजा ज्ञानेन्द्रलाई पार्टीको अध्यक्ष बनाउँदा हुन्छ
प्रतिक्रिया