काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाइँ निर्वाचित भएका छन् । चम्लागाइँले ३५१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी विकास थापाले ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै अध्यक्ष पदकै अर्की उम्मेदवार कल्पना खड्काले भने जम्मा १३ मतमात्रै पाप्त गरिन् । निर्वाचित चम्लागाइँ कांग्रेस महामन्त्री गगनकुमार थापानिकट मानिन्छन् ।
प्रतिक्रिया