काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सचिवालय बैठकको विषयमा विभिन्न विदेशी तथा स्वदेशी मिडियामा आएका समाचारप्रति गम्भीर ध्यानाकार्षण गराएका छन् । पोखरेलले पूर्व राजावादीहरुको प्रदर्शनलाई लिएर प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले भनेको भनेर प्रकाशित समाचारलाई लिएर पोखरेलले आपत्ति जनाएका हुन् ।
उनकाअनुसार ती समाचारले अनावश्यक सनसनी फैलाउने र नेपाल–भारतबिचको सम्बन्धमा आशंका बडाउने दुराशय बोकेको छ । उनले एमाले र अहिलेको सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुनै विषय भए कुटनीतिक माध्यमबाट समाधान गर्न बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया