विकास थापाको नेतृत्वमा कांग्रेसको लोकतान्त्रिक अपाङ्ग संघको समानन्तर समिति घोषणा

0
Shares

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको समानन्तर समिति घोषणा भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विकास थापाको नेतृत्वमा ३५ सदस्यीय समानन्तर समिति घोषणा गरिएको हो ।

शेखर कोइराला समूहका थापाको अध्यक्षतामा घोषणा भएको उक्त संघको उपाध्यक्षमा टेकप्रसाद आचार्य र उमादेवी घिमिरे रहेका छन् । त्यसैगरी महामन्त्रीमा अश्विन लम्साल र प्रकाश सिलवाल, कोषध्यक्षमा पर्वतराज विष्ट रहेका छन् ।

गत चैत ८ गतेदेखि सुरु भएको लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचनमा धाँधलीपूर्ण र एकलौटी ढंगले गरिएको भन्दै उनीहरुले समानन्तर समिति गठन गरेका हुन् । सो निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी कल्पना खड्का र आफूले घेराबन्दी गरी मतदान स्थलमा समेत जान नदिइएको थापाले बताए । अध्यक्ष थापाले उक्त निर्वाचन एकलौटी ढंगले फर्जी मतदाता ल्याएर गरिएको दाबी गरे ।

आफूहरुले उक्त निर्वाचन प्रक्रियामाथि आपत्ति जनाउँदै सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदा अहिले मत परिणाम घोषणा नगरी यथास्थितिमा राख्न भनिएकोमा निर्वाचन निर्देशन समितिका संयोजक मधु आचार्यलले एकलौटी रुपमा अवैधानिक काम गरेको थापाले बताए ।

समानन्तर समतिति घोषाणा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल, गुरुराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।