कुलमानको ठाउँमा ओलीले ल्याए हितेन्द्र देव शाक्य

0
Shares

काठमाडौं, ११ चैत्र । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाईएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनुभन्दा केही महिनाअघि मात्रै सरकारले उनलाई आज पदबाट हटाएको हो ।

ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई पदबाट बर्खास्त गरिएको हो । आजकै बैठकले कुलमान घिसिङको ठाउँमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ । शाक्य नाताले प्रधानमन्त्री केपी शर्मा ओलीको सालो पर्छन् ।