गभर्नर छनौटका लागि अर्थमन्त्री पौडेलको नेतृत्वमा समिति गठन

0
Shares

काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहने निर्णय गरिएको हो ।