कुलमानलाई हटाउने सरकारको कदम विल्कुल गलत र आपत्तिजनक छः प्रचण्ड

0
Shares

काठमाडौं, ११ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने कदम गलत र आपत्तिजनक रहेको बताएका छन् । देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा आफू नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको र कुलमानको क्षमता, विज्ञता र नेतृत्वको संयुक्त प्रयासबाट लोडसेडिङ हटाउन सफल भएको प्रचण्डको स्मरण गरेका छन् ।

कुलमानले ‘बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ’ भनेको कारणले सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटकद्दपटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि बताएका छन् ।

‘आज भने सरकारले मंत्रीपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । २/३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।

Skip This