काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पदाधिकारी तहको सहमतिविना नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । महामन्त्री शर्माले सरकारको यस कदमप्रति विमति रहेको बताएका छन् ।
‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ियसप्रती खुला र प्रष्ट रूपमा विमति छ,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
प्रतिक्रिया