कुलमान बर्खास्त प्रकरणः प्रधानमन्त्री र मन्त्री सहभागी हुने सबै कार्यक्रम बहिस्कार गर्न वाईसीएल अध्यक्ष सेर्पालीको आग्रह

0
Shares

काठमाडौंं, १२ चैत । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुवोध सेर्पालीले प्रधानमन्त्री र मन्त्री सहभागी हुने देशभरका कार्यक्रम बहिस्कार गर्र्न आग्रह गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङलाई पदबाट हटाइएकोप्रति आपत्ति जनाउँदै उनले देशभरका युवाहरुलाई प्रतिरोधका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

‘सरकारको यस्तो गलत निर्णयको नागरिक स्तरबाट प्रतिवाद गर्दै देशभर हुने सार्वजनिक कार्यक्रममा बर्तमान सरकारको मन्त्रीहरू र प्रधानमन्त्री सहभागी सबै कार्यक्रम बहिस्कार गरौं । युवा साथीहरू झापड नलगाई यिनिहरुको होस खुल्नेवाला छैन प्रतिरोधको लागि तयार रहनुहोला,’– उनले भनेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय अत्यन्तै पूर्वाग्रही, खेदजनक, निन्दनीय र दुर्भाग्यपूर्ण रहेको पनि उनले बताएका छन् । कुलमानजस्तो योग्य र सक्षम व्यवस्थापकलाई कार्यकाल सकिन ४ महिना बाँकी रहेको अवस्थामा हटाइनुले सरकार कसले सञ्चालन गरेको हो भन्ने कुरा पुष्टि हुने पनि वाईसीएल अध्यक्ष सेर्पालीले बताएका छन् ।

वाईसीएल अध्यक्ष सेर्पालीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गुरुयोजना, तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको खोजी तथा रोजाई र कुलमानको इच्छाशक्तिले मात्रै अन्धकारबाट देश उज्यालो बनाउन सफलता मिलेको पनि स्मरण गरेका छन् । File photo/RN

Skip This