कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउनेगरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

0
Shares

काठमाडौं, १२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिलेका प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीले नै राजा ल्याउनेगरि माहोल तयार पारेर षड्यन्त्रमा लागेको आशंका व्यक्त गरेका छन् ।

उनले देशमा लोकप्रिय रहेका र भइरहेका सबैमाथि एक एक गरी हमला गरिएको भन्दै प्रमुख तीन दलको आलोचना गरेका हुन् । उनले राजावादीहरुको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहोल बनाईदिएको पनि आरोप लगाएका छन् । राउतले फेशबुकमार्फत लेखेका छन्-

मलाई मात्रै यस्तो लागेको हैन होला ( संवेदनशील भएर जानु पर्नेमा देशमा लोकप्रिय रहेकारभइरहेका सबैमाथि एक(एक गरी हमला गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले), र माओवादीले नै ुबर्डेन शिफ्टिङु का लागि राजा ल्याउने गरी माहौल बनाउँदै षड्यन्त्र गरेका हुन् कि?

कुलमान घिसिङलाई बरखास्त गरेको, सभापति मा। रवि लामिछाने र रास्वपालाई अदालतमै बाँधिदिएको, राजावादीहरूको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहौल बनाइदिएको, अझ पूर्व राजालाई पक्राऊ गर्ने भ्रमपूर्ण हल्ला फिँजाएर केही जनतालाई झन् आक्रोशित बनाएको, चैत्र १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको, बालेनलाई भित्तामा पुर‍‍्याउने गरी चिढ्याएको, मधेश र थरूहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको।

Skip This