काठमाडौं, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कामको प्रशंसा गरेका छन् । उनले नेपालमा लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपालको आफूहरुको सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गरेका हुन् । उनले राम्रो गर्नेलाई लखेट्ने सोच, प्रवृत्ति र पात्रहरुले बेलाबेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैं पराजित हुनेपनि टिप्पणी गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–
पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन।
प्रतिक्रिया