चैत्र २४ गतेको तेस्रो जनआन्दोलनको तयारीस्वरूप प्रभु साह सुकुम्वासी बस्ती छिरे

0
Shares

काठमाडौं, १२ चैत्र । आम जनता पार्टीका अध्यक्ष प्रभु साह यही चैत्र २४ गते हुने तेस्रो जनआन्दोलनको तयारीस्वरुप आज काठमाडौंका सुकुम्वासी बस्ती छिरेका छन् । दलाल दलतन्त्रको अन्त्यको लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीति बोकेर मैदानमा उत्रिएका छन् ।

उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको ऐलान गरेका थिए । सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी आज काठमाडौंका सुकुम्वासी अगुवाहरुसँग छलफलमा जुटेका हुन् ।

अध्यक्ष साहले कवाड व्यवसायीहरुको संरक्षणको लागि निरन्तर आवाज उठाउँदै आएका छन् । नेतातन्त्र अन्त्य गरेर जनताको शासन स्थापना नगरेसम्म आफू संघर्षबाट ब्याक नहुने साहको उद्घोष छ । उनले अहिलेको संविधान र व्यवस्था दुवै असफल भइसकेको दाबी गरेका छन् ।

Skip This