कुलमानजस्तो काम गर्ने मान्छेलाई बस्न टिक्न दिएनन्ः वरिष्ठ अधिवक्ता पण्डित

0
Shares

काठमाडौं, १२ चैत । वरिष्ठ अधिवक्ता डा.गान्धि पण्डितले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर गलत गरेको बताएका छन् । आज (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको प्रवृत्ति खतरापूर्ण रहेको बताएका हुन् । कुलमानजस्तो कुशल प्रशासकलाई सरकारले टिक्न नदिएको भन्दै उनले आपत्ति जनाए ।

‘कुलमान घिसिङको म देवत्वकरण गर्न चाहन्नँ । उहाँ नहुँदा नेपाल विद्युत प्राधिकरण नचल्ने पनि होइन । तर, सरकारको प्रवृत्ति चाहीँ खतरा भयो । कुलमानजस्तो काम गर्ने मान्छेलाई त टिकेर बस्न दिएनन् भने कुन चाहीँ एमडी काम गर्न आउँछ । सरकारले जे भन्यो त्यही गर्नुपर्ने । ..आफ्नो ल्याउ, अर्काको फ्याल भन्ने प्रवृत्ति,’– उनले भने ।

सरकारले आफ्नो ७ महिनामा ४ महिना रवि लामिछानेलाई कारबाही गर्न र ३ महिना सरुवा बढुवा र नियुक्तिमा विताएको उनको टिप्पणी छ । फरक प्रसंगमा उनले पूर्वराजा ज्ञानेन्द्रले चाहेर र आन्दोलनलाई लिड गरेर नेपालमा राजतन्त्र पुनर्स्थापना नहुने बताए ।