काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलन मूल आयोजनक समितिको बैठक जारी रहेको छ । आगामी आन्दोलनको कार्यक्रम तय गर्न बैठक बसिएको बताइएको छ । राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।
आन्दोलन मुल आयोजक समितिका संयोजक एवं पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर, नेताहरु पशुपति शमशेर, प्रकाशचन्द्र लोहनीलगात सहभागी छन् ।
प्रतिक्रिया