काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेको बताएका छन् । प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरु समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न नदिनेगरी लागिरहेको बताए ।
‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौं । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् । त्यो स्वभाविक हो, विरोधीहरु लाग्छन् । वैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो । तर, त्यस्तो भइरहेको छैन, देखिँदैन । आफूबाहेक अरुलाई कसरी बदनाम गर्न सकिन्छ, सत्यलाई कसरी छोप्न सकिन्छ ? यस्ता कुरामा उहाँहरु बहुतै सक्रिय देखिनुहुन्छ,’– अोलीले भने ।
देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने उनले बताए । प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तीब्र गतिमा अघि बढिरहेको पनि बताए ।
प्रतिक्रिया