एमाले कार्यकर्ताद्वारा विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठमाथि कुटपिट

0
Shares

काठमाडौं, १२ चैत । नेकपा (एमाले) का कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन् । आज (मंगलबार) विहान प्राधिकरणको डिजिटल बोर्डमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा डिस्प्ले भएको थियो । सोही विषयलाई लिएर उनीहरुले वितरण केन्द्रका प्रमुख श्रेष्ठमाथि कुटपिट गरेका हुन् ।

प्राधिकरणको डजिटल बोर्डमा ‘केपी… देश छोड’ को नारा डिस्प्ले भएको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि उक्त नारा डिस्प्ले भएको बताइएको छ ।

एमालनिकट युवासंघका नेता तथा कार्यकर्ताहरुले कार्यालयमा प्रवेश गरी हातपात गरेको बताइएको छ । उनीहरुले कार्यालयसमेत तोडफोड गरेका छन् ।

‘विहान १० बजे एक ३५/४० जनाको ठूलो दस्ता आई कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्य कक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको हुदाँ सार्वजिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्रधिकरण भरतपुरका कर्मचारीहरु सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्ने दस्तामाथि कानुनबमोजिम हदैसम्मको सजायको व्यवस्थाको माग गर्दै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार हार्दिक अपिल गर्दछौं,’– भरतपुर वितरण केन्द्रबाट जारी विज्ञप्तिमा भनिएको छ ।

Skip This