काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध रामेछापको मन्थलीमा पनि विरोध प्रदर्शन भएको छ । आज (मंगलबार) साँझ नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता र नागरिक समाजका अगुवाहरुले सरकारको उक्त निर्णयको विरोध गर्दै उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला दहन गरेका हुन् ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले. घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरिसकेको छ । कार्यकारी निर्देशकमा नियुक्त भएका शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीका सालो हुन् । रामेछाप कुलमानको गृहजिल्ला हो ।
प्रतिक्रिया