काठमाडौं, १३ चैत्र । संसद्मा रहेका विपक्षी दलहरुको बैठक जारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अगुवाईमा आजको बैठक बोलाईएको हो । संसद् बैठक बस्नुअघि दाहालले विपक्षी दलहरुको बैठक बोलाएर रणनीति अख्तियार गर्न खोजेका हुन् ।
दाहालले संविधान र गणतन्त्र पक्षधर मिलेर जानुपर्ने धारणा राखेका छन् । सिंहदरबारस्थित् माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि सहभागी छन् । उनी म्यान्मारको भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका हुन् ।
यस्तै, रास्वपाका उपसभापतिहरु डिपी अर्याल र डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् । माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, महिन्द्र राय यादव सहभागी छन् । आम जनता पार्टीबाट वरिष्ठ उपाध्यक्ष तिलक थापा सहभागी छन् ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी छन्।
प्रतिक्रिया