काठमाडौं, १३ चैत्र । संसद्मा रहेका विपक्षी दलहरुको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा संसद् अवरोध गर्ने भएको छ । उता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भने अहिले केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ ।
११ बजेबाट सुरु हुने उक्त बैठकमा भने भूमिसम्बन्धी अध्यादेश अघि बढाउने विषयमा सहमति हुने जनाईएको छ । भूमिसम्बन्धी अध्यादेशमा सरकारमा रहेको दल लोेसपाले पनि विरोध जनाएको छ । यस्तै, सत्ता गठबन्धनमा रहेको उपेन्द्र यादव नेतृत्वको दल जसपा नेपालपनि विपक्षमा उभिएको छ ।
उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अगुवाईमा बोलाईएको बैठकले कुलमान हटाइएको विषयमा छलफल गरेको हो । सरकारको उक्त निर्णय बदनियतपूर्ण रहेको र त्यसको प्रतिकार गर्ने निर्णय भएको एक सांसदले जानकारी द्यिए । बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि सहभागी थिए । उनी म्यान्मारको भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका हुन् ।
यस्तै, रास्वपाका उपसभापतिहरु डिपी अर्याल र डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् । माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, महिन्द्र राय यादव सहभागी थिए । आम जनता पार्टीबाट वरिष्ठ उपाध्यक्ष तिलक थापा सहभागी छन् ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी छन्।
प्रतिक्रिया