वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन

0
Shares

वीरगञ्ज (पर्सा), १३ चैत । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख सङ्कलन गरेको छ । रासस