लामिछानेले दायर गरेको रिटको पेशी तोकियो, न्यायाधीश तिवारीको इजलासमा सुनुवाई हुने

0
Shares

काठमाडौं, १३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनको पेसी चढेको छ ।

आज (बुधबार) लामिछानेको रिटको पेशी न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको हो । लामिछानेले काठमाडौं जिल्ला अदालतको धरौटी माग आदेशविरुद्ध गत शुक्रबार उच्च अदालतमा रिट हालेका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनीसँग ६० लाख रुपैयाँ धरौटी मागेको थियो ।

लामिछाने ६० लाखको बैंक ग्यारेन्टी गरेर रिहा भएका थिए । तर, काठमाडौं जिल्ला अदालतको उक्त आदेश बदरको मागसहित लामिछाने उच्च अदालत पुगेका छन् । उनको माग साधारण तारेखको छ । file photo