चैत्र १५ गतेको प्रदर्शन भव्य बनाउने समाजवादी मोर्चाको तयारी, आजै ४ बजे बोलाईयो बैठक

0
Shares

काठमाडौं, १३ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सहमतिमा समाजवादी मोर्चाको बैठक आज अपरान्ह ४ बजे बस्नेगरि बोलाईएको छ ।

यही चैत्र १५ गते काठमाडौंको भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनलाई भव्य र सफल बनाउनको लागि थप रणनीति अख्तियार गर्न मोर्चाको बैठक आज बोलाईएको हो । बैठक एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बस्ने तय भएको एक नेताले जानकारी दिए ।

राजावादीहरुको आन्दोलन र प्रदर्शन बढिरहेकोले त्यसको काउन्टरमा मोर्चाले यही चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हो । राजावादीहरुले पनि चैत्र १५ गते नै काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् ।