काभ्रेपलान्चोकका जिल्ला समन्वय समिति प्रमुख गौतम पक्राउ

0
Shares

काठमाडौं, १३ चैत । काभ्रेपलान्चोकका जिल्ला समान्वय समिति (जिसस) प्रमुख दीपककुमार गौतम काठमाडौंबाट पक्राउ परेका छन् । आज (बुधबार) विहान गौतमलाई बैंकिङ कसुरको जाहेरी परेकाले प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

गौतम नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुखमा निर्वाचित भएको थिए । गौतमलाई आज अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताइएको छ । उनलाई अहिले प्रहरी वृत्त बानेश्वकारको हिरासतमा राखिएको छ ।