भूमिसम्बन्धी अध्यादेशबाट ब्याक हुने सत्तारुढ दलको निर्णय

0
Shares

काठमाडौं, १३ चैत । सत्तारुढ गठबन्धन दलको बैठकले भूमिसम्बन्धी अध्यादेशबाट ब्याक हुने निर्णय गरेको छ । आज (बुधबार) बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकमा भूमिसम्बन्धी अध्यादेश कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भएको थियो ।

सो बैठकमा सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालले यथास्थितिमा भूमि अध्यादेश स्वीकृत गराउन नसकिने अडान कायम राखेपछि उक्त विधेयक निष्कृय हुन दिन निर्णय भएको हो ।

सरकारले भूमि अध्यादेश निष्कृय भएपछि नियमित विधेयकको रुपमा नै यसलाई अगाडि बढाउने तयारी थालेको छ । प्रतिनिधि सभामा दुई तिहाइ नजिकको बहुमत भएपनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थनविना उक्त अध्यादेश अगाडि बढ्न सम्भव नभएपछि अन्ततः सरकार ब्याक भएको छ ।

‘सत्तारुढ दलहरुबाटै भूमिसम्बन्धी अध्यादेशको विषयमा केही रिजर्भेशनहरु थिए । त्यो रिजर्भेशनहरुलाई पनि सम्बोधन गर्दै नयाँ विधेयक ड्राफ्ट गरेर संसद्मा लैजाने भन्ने आजको निष्कर्ष हो,’– बैठकको निर्णय सुनाउँदै नेपाली कांग्रेस संसदीय दलका नेता श्याम घिमिरेले भने ।

उक्त विधेयक आगामी चैत १८ गतेबाट स्वतः निष्कृय हुँदैछ ।