सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी, आज नभ्याए भोलिसम्म मुद्दा दायर गर्ने

0
Shares

काठमाडौं, १३ चैत्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त् भएका कुलमान घिसिङ सरकारको उक्त निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् । उनले आजैबाट कानूनी परामर्श थालेका हुन् ।

उनी आफ्ना कानून व्यवसायीसँग परामर्शमा रहेको र मुद्दा सकेसम्म आजै दायर गर्नेमा छन् । सरकारले यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई जिम्मेवारीबाट हटाएको हो ।

उनको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । शाक्यले हिजो (मंगलबार) राति अबेर प्राधिकरणको मुख्यालय रत्नपार्क पुगेर कार्यभार सम्हालेका हुन् ।