माओवादी उपमहासचिव बस्नेतको आरोप, एमाले संघीयताबाट ‘ब्याक’ भयो

0
Shares

काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सत्तारूढ दल नेकपा (एमाले) संघीयताबाट व्याक भइसकेको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले गणतन्त्रकै विरोध गरेको भने आफूले नसुनेपनि संघीया भने छाडिसकेको बताएका हुन् । एमालेको पछिल्लो समय बसेको सचिवालय बैठकपछि सार्वजनिक भएको निर्णयमा संघीय भन्ने शब्द नै उल्लेख नगरी लोकतान्त्रिक गणतन्त्र मात्रै लेखिएको उनले बताए ।

‘गणतन्त्रको बारेमा त नेपाली कांग्रेसका सभापतिले पनि भन्नुभयो नै । प्रधानमन्त्रीले पनि गणतन्त्रको बारेमा अलिअलि चर्चा गरेकै पाउँछु म । तर, अहिले गणतन्त्रको नै विरोध गरिसकेको अवस्था त मैले सुनेको छैन । संघीयता र समावेशिताको पक्षमा भने उहाँहरुले चर्चा गरेको मैले सुनिराखेको छैन । शेरबहादुर देउवा र केपी ओलीले गणतन्त्रकै विरुद्धमा त अहिले बोलिसकेको मैले सुनेको छैन । तर, मैले अस्ति एमालेको बैठकमो प्रेस विज्ञप्ति हेर्दैथिएँ– ‘लोकतान्त्रिक गणतन्त्र’ मात्रै लेखिएको छ । त्यहाँ संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न छोड्नु भएछ । उहाँहरु संघयता, समावेशीकरण, समावेशी व्यवस्थाप्रतिको प्रतिवद्धतामाथि मेरो प्रश्नहरु छ । उहाँहरु त्यसमा प्रतिवद्ध हुनुहुन्न भन्ने मलाई लागेको छ । त्यसअर्थमा उहाँहरु प्रतिगमनतिर नै फर्किनु भएको छ भन्ने मेरो भनाइ हो,’– उनले भने ।

यस्तो छ एमालेको विज्ञप्ति