कुलमान हटाईएपछि सत्ता गठबन्धन र संयन्त्रको बैठकमा देखिएनन् गगन

0
Shares

काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सत्ता गठबन्धनको बैठकमा देखिन छाडेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउने सरकारको निर्णयबारे सार्वजनिक रूपमै आलोचना गरेका थापाले उल्टै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको गाली खानु परेको थियो ।

कतिपयले राजनीतिक संयन्त्रमा बस्ने अनि सरकारले गरेको निर्णयमा आपत्ति जनाउने थापाको शैली ठीक नभएको भन्दै आलोचना गरेका छन् । यस्तोमा थापा पनि सत्ता सञ्चालनको लागि गठित कांग्रेस–एमाले राजनीति संयन्त्रको बैठकमा सहभागी भएनन् । उनी पछिल्लो समय बालुवाटारमा भएका दुई वटा बैठकमा सहभागी नभएको बताईन्छ ।

महत्वपूर्ण निकायको नियुक्तीको सवालमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच मात्रै छलफल हुने र त्यही छलफलको आधारमा निर्णय हुँदा थापा झस्किएका हुन् । कुलमानकै बर्खास्तीको विषयमा पनि थापाले सरकारले गलत गरेको भनेका छन् । file photo