काठमाडौं, १२ चैत । मानव कल्याण समाजले भक्तपुरको मध्यपुर थिमी–५ राधेराधेमा महायज्ञ आयोजना गरेको छ । महायज्ञ आगामी चैत २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । सडक, सार्वजनिक स्थलहरुमा अलपत्र परेको बेवारिसे मानवहरुलाई खाना, नाना र छानाको दीगो व्यवस्थापन र प्रभावकारी सेवाको लागि जग्गा र भवन व्यवस्थापन गर्न महायज्ञ आयोजना गरिएको बताइएको छ ।
मानव कल्याण समाजकी संस्थापक अध्यक्ष देवी सुमी मानवको मुखराविन्दबाट महायज्ञमा कथा वाचन हुने बताइएको छ । महायज्ञमा सहयोग गर्ने दाताहरूका लागि सम्मानपत्र, शिलालेखमा नाम लेखाउनेलगायतका विभिन्न सम्मानको व्यवस्था गरिएको छ । त्यसैगरी, भक्तजनहरूले महायज्ञमा कर्ता बन्ने, लक्ष्यवर्ती प्रज्वलन, ब्रतबन्ध (उपनयन संस्कार), श्रद्धाञ्जली महाआरती, तुलादान आदि धार्मिक कर्महरू सम्पन्न गर्न सक्ने पनि बताइएको छ ।







प्रतिक्रिया