काठमाडौं, १३ चैत्र । नेकपा (माओवादी केन्द्र) सहित ४ दल आवद्ध समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
यही चैत्र १५ गते काठमाडौंको भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शनलाई भव्य र सफल बनाउनको लागि थप रणनीति अख्तियार गर्न मोर्चाको बैठक बसेको हो ।
राजावादीहरुको आन्दोलन र प्रदर्शन बढिरहेकोले त्यसको काउन्टरमा मोर्चाले यही चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हो । राजावादीहरुले पनि चैत्र १५ गते नै काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् ।





प्रतिक्रिया