हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीई सार्वजनिक

0
Shares

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले क्रेटा EV र क्रेटा ICE (मेड इन नेपाल) सार्वजनिक गरेको छ । “CHOOSE YOUR FUTURE” को थिमसहित, हुन्डाईले नेपालले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा Electric ICE दुबै मोडेल उपलब्ध गरेको छ । क्रेटा EV को प्रारम्भिक मूल्य ५१,९६,००० र क्रेटा ICE (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३,९६,००० राखिएको छ। २०२५ मा आयात गरिने ICE मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाख सम्म कम रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङ को विशेष उपस्थिति रहेको थियो ।

हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले १०००० भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

हुन्डाई नेपाल ले ecosystem development मा पनि अगाडि बढ्दै नयाँ पहिचानको चारजिङ नेटवर्क “Re-Lax” मार्फत DC चारजर नेटवर्क निर्माण गरिरहेको छ, जसमा repair shops पनि समाहित हुनेछन्, जसले चारजिङ convenience लाई अझ प्रभावकारी बनाउनेछ । साथै, ब्याट्री recycling र residual value management को लागि Attero India सँग सहकार्य गर्दै sustainability मा ध्यान दिइएको छ, जसको फाइदा ग्राहकले पाउनेछन् ।

क्रेटा EV का मुख्य विशेषताहरू
200mm ground clearance र १७ डिग्री भन्दा बढी breakover angle (segment मा सबैभन्दा उच्च), जसले mild off-road मा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ । ११kW AC charging (segment मा मात्र उपलब्ध) जसले household wall-mounted charger बाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

Spare tire availability, जब कि धेरै प्रतिस्पर्धी ब्रान्डहरूले केवल repair kit मात्र उपलब्ध गराउँछन् । Advanced safety features, जस्तै ADAS, ६ airbags, र360 degree camera, जसले अधिकतम safety र convenience सुनिश्चित गर्दछ ।
हुन्डाई नेपाल ले क्रेटा EV का लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा ICE का लागि ३ वर्षको vehicle वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई long-term reliability प्रदान गर्नेछ ।

बिगत एक दशक भन्दा बढी समय देखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राखदै आएको छ । प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्री पछी को सेवा ले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहदै आएको छ ।