काठमाडौं, १३ चैत्त । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम उत्कृष्ट सञ्चार उद्यमी महिलाबाट सम्मानित भएकी छिन् । न्यूज एक्सप्रेस मिडियाद्धारा आयोजित राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८१ अन्तर्गत ‘उत्कृष्ट सञ्चार उद्यमी महिला’बाट गौतम सम्मानित भएकी हुन् ।
उनले यो अवार्ड प्राप्त गरेसँगै थप जिम्मेवारी थपिएको उल्लेख गरेकी छिन् । उनले सम्मानित भएसँगै फेशबुकमा सफलताको मिठो स्वाद चाखेको स्पष्ट पारेकी छिन् । उनले आफू विनम्रता बोकेर महान कार्यको लागि महान यात्रामा हिँडिरहेको समेत भनेकी छिन् । यस्तो गौतमको स्टाटस :
“The taste of success is sweet”
फेरि अर्को जिम्मेवारी थपिएको छ, निरन्तर कर्मको यात्रामा….
प्रिय महानुभावहरूमाँझ आज अर्को खुशीको खबर साझा गर्न पाउँदा औधी खुशी छु । न्यूज एक्प्रेस मिडिया (NEWS EXPRESS MEDIA) द्धारा आयोजित राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८१ अन्तर्गत ‘उत्कृष्ट सञ्चार उद्यमी महिला’बाट सम्मानित हुन पाउँदा हर्षित छु । यो अवार्ड मैले प्रतिनिधिसभाको माननीय उपसभामुख इन्दिरा रानाज्यूको हातबाट ग्रहण गर्न पाएँ, यो मेरालागि अर्को सुखद् संयोग हो । भनिन्छ- ‘सफलताको स्वाद मिठो हुन्छ’। हो, मैले आज त्यही मिठो स्वाद चाखेको छु ।
म त झुटको चमकभन्दापनि सत्यको मूल्य मन पराउँछु । कर्म नै मेरो धर्म हो । महान कर्मले मानिसलाई महान बनाउने हो । म विनम्रता बोकेर यो महानताको यात्रामा निस्किएको यात्री हुँ, गन्तव्य लामो छ । हरेक चूनौति पार गरेर जानुछ, सुख अनि दुःख दुवै मेरो जीवनका सारथी हुन । घमण्ड रत्तिभर छैन, मैले समयको सिमितता बुझेको छु । यो अवार्ड प्राप्तिको खुशी साझा गर्दैगर्दा मैले आफ्नो व्यवसायिक जीवन (Professional Life) मा जिम्मेवारी थपिएको महशुस गरेको छु । दायित्वको दायरा फराकिलो भएको छ । यो पनि थाहा छ–प्रत्येक पाईला चूनौतिपूर्ण छन् । तर, मैले ती चूनौतिलाई अवसरमा बदल्ने अठोट बोकेकी छु । मेरो प्रण छ–म अरूभन्दा अलग हुनेछु, तर कहिल्यैपनि गलत हुनेछैन । सबैमा धेरै–धेरै सम्झना अनि हृदयभरिको मिठो माया । धन्यवाद ।

प्रतिक्रिया