- अर्जुन प्रधान
दूरदराज अँध्यारा गल्लीहरूमा
बालिएको थियो जुन उज्यालो ।
आज अचानक निभाइयो,
किनकी
उज्यालोसँग सन्की शासकको
सायद आदिम दुस्मनी छ ।
उसलाई
उसको आँखा अगाडि
उज्यालो उभिएको
पटक्कै मन पर्दैन ।
आंगार मात्र मनपर्ने उसलाई,
स्वार्थको धुवाँसँग अजब प्रेम छ ।
पदीय सत्ताको खेलले,
उ दुर्नियत बाँचिरहन्छ निरन्तर ।
मौसुफका अगअगाडि,
जो अन्धकार चिर्दै आयो ।
जो ज्योति बन्यो,
जनताको घर–घरमा उज्यालो भर्थ्यो ।
मौसुफको अँध्यारो प्रेममा
बाधा गरेको आरोपमा
आज उसैलाई अँध्यारोले छोपिदिने
आदेश भएको छ ।
हे देशका शासकहरू !
के तपाईंको नजरमा
इमान्दारी अपराध हो ?
के सक्षम हातहरू
तिमीहरूका सिंहासनलाई नै खतरा लाग्छ ?
तर सम्झनू,
उज्यालो निभाउँदैमा अँध्यारो स्थायी हुँदैन ।
जनताका आँखामा बलिरहेछ ।
सपना, क्रान्ति, अनि न्यायको खातिर ।
एकदिन,
बल्नेछ पुनःत्यहि उज्यालो,
त्यही हातले,
जसलाई तिमीहरूले अँध्यारोमा फ्याँक्न खोज्यौ ।
किनकी,
शक्ति
कहिले पनि स्थायी चिज हुँदैहोइन ।
प्रतिक्रिया