कुलमान बर्खास्तगी प्रकरणः अखिल (क्रान्तिकारी) ले जलायो प्रधानमन्त्रीको पुत्ला

0
Shares

काठमाडौं, १३ चैत । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विरोधमा अखिल (क्रान्तिकारी) सरस्वती बहुमुखी क्याम्पसले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला जलाएको छ । विचौलिया र स्वार्थ समूहको हितका लागि कुलमानलाई हटाएर अन्याय गरिएको भन्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

सो क्रममा उनीहरुले प्रधानमन्त्री र उर्जामन्त्रीविरुद्ध विभिन्न नाराबाजीसमेत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ । शाक्य प्रधानमन्त्री ओलीको सालो हुन् ।