काठमाडौं, १४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग गरेर सदन अवरोध गरेका छन् ।
विपक्षी दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गरेका छन् । तर, सार्वजनिक कार्यक्रममार्फत नै प्रधानमन्त्री ओलीले एकजनालाई हटाएर अर्कोलाई नियुक्त गरिएको भन्दै त्यही जवाफ भएको भन्दै अर्को जवाफ दिन नपर्ने जवाफ फर्काएका छन् ।
तर, विपक्षीहरुले अहिलेसम्म आफ्नो बटमलाईन बदलेका छैनन् । उनीहरुले प्रधानमन्त्रीको नै जवाफ चाहेका छन् । सदनको अवरोध सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरिराखेका छन् । तर, सरकारको तर्फबाट उर्जामन्त्री दीपक खड्कालाई बोल्न लगाउने तयारी भएको छ । file photo
प्रतिक्रिया