पोखरामा ‘वाडा अटो शो २०२५’ जारी, ३५ हजारले अवलोकन गर्ने अनुमान

0
Shares

काठमाडौं, १४ चैत । नाडा प्रिजेन्ट्स ‘वाडा अटो शो २०२५’ आजदेखि सुरु भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा सुरु भएको ‘वाडा अटो सो २०२५’ को अमरसिंहचौरमा औपचारिक रुपमा उद्घाटन भइसकेको छ । ४ दिनसम्म चल्ने उक्त शो मा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने बताइएको छ ।

प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने छ । प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोलाप्रथाद्वारा शो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने ‘अटो शो’ लाई ३५ हजार दर्शकहरूले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबर्धक रहेको छ भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मा.वि.सहयोगी संस्था बनेका छन् । प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि., अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस ९मनिपाल हस्पिटल०, इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स लि. जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गरेको छ ।