गणतन्त्रवादीहरूलाई राजावादीले दिए एक हप्ते अल्टिमेटम

0
Shares

काठमाडौं, १४ चैत्र । नवराज सुवेदीनेतृत्वको राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिले भोलिको प्रदर्शनमा शानदार उपस्थिति हुने दाबी गरेको छ । उक्त समितिका संयोजक नवराज सुवेदीले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएका छन् ।

उनले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणासमेत गरे । संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउनपनि अपिल गरे ।

उनले आफूहरु शान्तिपूर्ण आन्दोलनमा होमिएकोले खलबलाउने काम नगर्न पनि चेतावनी दिए । तर, उत्पन्न परिस्थितिको जिम्मा भने गणतन्त्रवादीहरुले लिनुपर्ने उनको भनाई छ ।