काठमाडौं, १४ चैत । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सरकारले हितेन्द्रदेव शाक्यलाई न्याय गरेको टिप्पणी गरेका छन् । शाक्यले पदभार ग्रहण गरेको तीन दिनमा नै उत्कृष्ट कामको सुरुवात गरेको उनले बताएका छन् । प्राधिकरणमा शाक्यको नियुक्तिसँग पीपीए खुलेको, ३० युनिटभन्दा कम विजुली खपत गर्ने निम्न वर्गका ग्राहकहरको महशुलमा ५० प्रतिशत छुट दिने र औद्योगिक क्षेत्रमा विजुली नियमित दिने निर्णय भएको नेता बस्नेतको दाबी छ ।
शाक्यको नियुक्तिसँगै अब प्राधिकरणभित्र रहेको भ्रष्टाचार र अनियमितता छानबिन हुनेसमेत उनले बताएका छन् । त्यस्तै, ग्राहकको महशुलमा ७ दिन कटेपछि २५ प्रतिशत जरिवाना, हरेक बिलमा सर्भिस चार्ज १ सय २५ लिने र ३ महिनामा बिजुली लाइन काटने कुलमानको गलत निर्णय पनि सच्याउनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया