काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको प्रत्यक्ष सहभागितामा संविधान सभाबाट आएको गणतन्त्र कसैको रहरले नजाने बताएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गणतन्त्र हटाउने कसैले आश नगर्दा हुने बताएका हुन् ।
‘जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन । गणतन्त्र हट्नेवाला छैन, आशा नगरे हुन्छ,’– उनले भने ।
सभापति देउवाले संविधानमा व्यवस्था रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व पनि अहिले हटाउन नसकिने बताए । नेपालमा अहिलेको व्यवस्था आउन बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले कसैको रहरमा यो व्यवस्था नउल्टिने बताए ।
प्रतिक्रिया