काठमाडौं, १४ चैत । समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभामा माओवादी केन्द्रनिकट जनवर्गीय संगठनहरूहरुले ऐक्यबद्धता जनाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्बाति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले संयुक्त विज्ञप्ति जारी गर्र्दै जनप्रदर्शन तथा खबरदारी सभामा ऐक्यबद्धता जनाएका हुन् ।
साथै, माओवादी केन्द्रनिकट जनसंगठनहरुले वर्तमान सरकार र सत्तारूढ दलहरूप्रति उत्पन्न तीव्र घृणालाई व्यवस्थाविरूद्ध उपयोग गर्दै राजतन्त्र फर्काउने, राजनीतिक, धार्मिक तथा वाक् स्वतन्त्रता खोसेर वर्ण व्यवव्थामा आधारित एकात्मक निर्दलीयतातिर धकेल्ने कुचेष्टा भइरहेको पनि बताएका छन् ।
त्यस्तै, विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरू योजनाबद्ध रूपमा नेपालमा धार्मिक–साम्प्रदायिक गृहयुद्ध चर्काउने, देशमा अशान्ति देखाएर विदेशी सेना भित्राउने र नेपाललाई विदेशीको क्रिडास्थल बनाउने योजनाअन्तर्गत प्रयोग भइरहेको पनि उनीहरुको ठहर छ ।
‘कांग्रेस–एमाले सरकारका सम्पूर्ण अनैतिक, भ्रष्ट तथा देशघाती हर्कतहरूको निन्दा तथा भर्त्समा गर्दै बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा नेपालद्वारा मिति २०८१ चैत्र १५ गते आयोजित ‘खबरदारी सभा’ मा ऐक्यबद्धता प्रकट गर्दै सम्पूर्ण किसान, मजदुर, दलित र सुकुम्बासीसहित आम जनसमुदायलाई सहभागिताका लागि हार्दिक अपिल गर्दछौं,’– जारी विज्ञप्तिमा भनिएको छ ।
साथै, देशलाई लोडसेडिङ मुक्त गराउन अहम् भूमिका खेल्ने कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट विनाकारण हटाएर सुशासनको विरूद्ध उभिएको चार संगठनहरुको दाबी छ ।
प्रतिक्रिया