काठमाडौं, चैत १५ । काठमाडौं महानगरपालिकाले जारी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षार्थीका लागि सवारी साधनको व्यवस्था गरेको छ ।
आज गणतन्त्रवादी र राजावादीका प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएपपछि विद्यार्थीलाई गन्तव्यमा पुर्याउन महानगरपालिकाले सहयोग गर्ने सवारीको व्यवस्था गरेको हो । परीक्षा दिएर फर्किने क्रममा सवारी साधनको अभाव भए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्याउन महानगरपालिकाले व्यवस्था मिलाएको जनाएको छ ।
महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गन्तव्यमा पुर्याउने व्यवस्थाको जिम्मेवारी नगर प्रहरी बललाई दिइएको छ । विद्यार्थीलाई गन्तव्यमा पुर्याउने दिइएको जिम्मावारी अनुसार बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ।
सम्पर्क विवरण
न।प्र।उ दिनेश कुमार अर्याल – ९८५१०६८०९६ (वानेश्वर)
न।प्र।उ मनोज प्रसाद लामिछाने – ९८५१०९३१७६ (रत्नपार्क)
न।प्र।ना उ पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३ (नयाँ बसपार्क)
न।प्र।नि प्रकाश पण्डित – ९८५१०५६३४६ (टेकु)
हटलाइन : ०१५९०१७६४
प्रतिक्रिया