काठमाडौं, १५ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ । घिसिङले राम्रो काम गर्दागर्दै सरकारले अपमानजनक ढंगले हटाएको र पूरा अवधि काम गर्न पाउनुपर्ने मागदाबी गरेका छन् ।
उनको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने तय भएको छ । कुलमान अदालत गएसँगै सरकारले कुलमान हटाएर उनको ठाउँमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यपनि अदालत नै पुगेका छन् । उनको पनि रिटमाथि आजै सुनुवाई हुने भएको हो । उनको पनि रिट न्यायाधीश मुसलमानको इजलासमा परेको छ।
प्रतिक्रिया