संसद् बोलाईएको समय घर्किन लाग्यो, सभामुख घिमिरे अझैपनि आन्तरिक परामर्शमै

0
Shares

काठमाडौं, १५ चैत्र । आजको लागि बोलाईएको प्रतिनिधिसभाको बैठकको समय घर्किन लागेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक बस्ने अहिलेसम्म सुरसार छैन । सभामुख देवराज घिमिरे संसदमा प्रतिनिधित्व गर्ने सत्तापक्ष र विपक्षी दलहरुका प्रमुख सचेतकहरुसँग सामूहिक छलफलमा छन् ।

सदनको अवरोध हटाउनको लागि सभामुखले निरन्तर प्रयास गरिरहेका छन् । विपक्षीहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको नै जवाफ मागेका छन् । सरकारको तर्फबाट उर्जामन्त्री दीपक खड्काले जवाफ दिने भनिएको छ।

तर, विपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ चाहेका छन् । यस्तोमा सरकार दबाब परेको छ । संसदीय प्रक्रिया पूरा गर्न बाँकी रहेका पाँच अध्यादेश नै संकटमा पर्ने भएका छन् । आगामी मंगलबारसम्म ती पारित नभए स्वतः निष्क्रिय हुनेछन् । यसअघि प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारी हटाएर अर्को नियुक्ती गरिसकेको भन्दै त्यही नै आफ्नो जवाफ भएको भन्दै सदनमा जवाफ दिन नपर्ने टिप्पणी गरिसकेका छन् ।